पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को तीन दशक लामो वर्चस्वलाई तोड्दै माओवादी निकट अखिल क्रान्तिकारीले ऐतिहासिक विजय हासिल गरेको छ। स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका मिलन घर्ती मगरले जित हासिल गरेका छन्।

यस क्याम्पसमा २०५२ सालदेखि नेविसंघको निर्विवाद वर्चस्व थियो, जबकि त्यसअघि यस क्याम्पसमा एमाले निकट अनेरास्ववियूको जितको इतिहास थियो। पाल्पा क्षेत्र नम्बर २ का वर्तमान एमाले सांसद ठाकुर गैरे पनि यस क्याम्पसका पूर्व स्ववियू अध्यक्ष हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेविसंघको लगभग तीन दशकमै स्थापित वर्चस्व तोड्दै, मिलन घर्ती मगरले ३९० मत प्राप्त गरी विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी, नेविसंघका कृष्ण अर्थालले ३४३ मत प्राप्त गरे। यसै गरी, एमाले निकट अनेरास्ववियूकी अनुजा अर्यालले २७८ मत ल्याइन्, र अनेरास्ववियू स्वतन्त्रका उमेश भण्डारीले १८५ मत प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर