बर्दघाट, २०८१ – विनोद चौधरीले बर्दघाटको दिव्यज्योति बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ने.वि.संघको प्यानलको विजयमा बधाई दिएका छन्। क्याम्पसको सभापति शशी बिक नेतृत्वको प्यानल विजयी भएकोमा चौधरीले सिङ्गो कार्यसमितिलाई समर्पित शुभकामना व्यक्त गरेका छन्।

त्यस्तै, त्रिभुवन क्याम्पस बेलाटारीमा पनि ने.वि.संघको प्यानलको पुरै विजय भएको छ। स्ववियु सभापति आदित्य गडेरी पाल  नेतृत्वको प्यानललाई पनि चौधरीले बधाई दिएका छन्।

https://amzn.to/4myfPN5

पश्चिम नवलपरासीको पाल्हि बहुमुखी क्याम्पस परासीमा पनि निरज प्रसाद धवलको नेतृत्वमा ने.वि.संघको प्यानलको पूर्ण विजय भएको छ। चौधरीले सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई दिँदै विद्यार्थीहरूको हकहितको रक्षा र उत्कृष्ट शैक्षिक गन्तव्य निर्माणमा सफलताको शुभकामना दिएका छन्।

उनले भने, “मेरो तर्फबाट कलेजको शैक्षिक गुणस्तर सुधार र अन्य सिर्जनात्मक कार्यमा सदैव आवश्यक साथ र सहयोग रहनेछ। नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, तपाईंहरू सबै जना विद्यार्थीको हितमा काम गर्दै सफल हुनुहुनेछ भन्ने विश्वास छ।”

यस विजयसँगै, ने.वि.संघका विभिन्न क्याम्पसमा विद्यार्थीहरूको सक्रियता र नेतृत्वको महत्त्व पुनः स्पष्ट भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर