ललितपुरको पाटन क्याम्पसमा भएको स्ववियु निर्वाचनमा फर्जी कार्ड र धाँधलीको बिरोध गर्दै उठाएको आवाजको कारण नेविसंघका कार्यकर्ताहरूले अनेरास्ववियुका कार्यकर्ता र स्थानीयहरूमाथि रड, ढुङ्गा र धारिलो हतियारले आक्रमण गरेका छन्। यस आक्रमणमा नेकपा एमालेका नेता महेश बस्नेतका अनुसार, अखिलका नेताहरू दिनेश श्रेष्ठ, पवन शाही, राजिव अधिकारी लगायतका युवा कार्यकर्ता घाइते भएका छन्।

यस घटनामा संलग्न सबैलाई तुरुन्त कारबाही गर्न सरकारसँग जोडदार माग गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। बस्नेतले भने, “यो घटनाले लोकतन्त्र र चुनावी प्रक्रियामा अवरोध पुर्याउन खोज्ने प्रयास गरेको छ। हामी यस्ता घटनाको घोर विरोध गर्छौं।”

https://amzn.to/4myfPN5

बस्नेतले थपे, “नेविसंघले लोकतन्त्रमा विश्वास गर्दै, पराजित हुने डरले निर्वाचन रोक्ने गतिविधिहरूको विरोध गरेको हो। कतिपय स्थानमा अखिल क्रान्तिकारीसँग मिलेर तालाबन्दी गर्ने प्रयास गरिएको छ, जुन एकदमै आपत्तिजनक छ।”

उनले थपे, “गृह मन्त्रालय सम्हालिरहेको मातृपार्टी नेपाली कांग्रेसले यस्ता गतिविधिहरू तुरुन्त रोक्नुपर्ने र निर्वाचनमा अवरोध पुर्याउने सबै गतिविधिहरूलाई समाप्त गर्न ध्यान दिनुपर्ने आवश्यकता छ। यस घटनाले लोकतन्त्रलाई कमजोर बनाउन र राजतन्त्रको पुनरुत्थानको प्रयासमा लागेका शक्तिहरूलाई बल पुर्याउने जोखिम पैदा गरेको छ।”

नेता महेश बस्नेतले सबै राजनीतिक दललाई सचेत रहन र निर्वाचनको प्रक्रियालाई सुचारु गर्न आग्रह गरेका छन्, ताकि लोकतान्त्रिक मूल्य र अडिग प्रणालीको रक्षा गर्न सकियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर