सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ का ४३ वर्षीय कुसाङ लामा, जसलाई “फुच्चे” भनेर पनि चिनिन्छ, २५ करोड रुपैयाँसहित पक्राउ परेका छन्। यसअघि २०७८ सालमा ७ किलो सुनसहित समातिएका लामा पछि छुटेका थिए।

पछिल्लो घटनामा, हिजो राति ११ बजे प्रहरीलाई रसुवा गढी नाका चीनतर्फ ठूलो परिमाणमा यूरो र डलर तस्करी भइरहेको सूचनाका आधारमा कारबाही गरिएको थियो। प्रहरीले शंका लागेर एक मालबाहक ट्रकलाई रोकेर गहिरो खानतलासी गर्दा ट्रकको ड्राइभरको क्याबिनको बोनटमा फल्स बटम बनाएर लुकाइएका विदेशी मुद्रा फेला पारे।

प्रारम्भिक अनुसन्धानका अनुसार, कुसाङ लामा उक्त ट्रकमा भरियाको रूपमा काम गर्दै थिए। तस्करीमा संलग्न लामा पहिलेदेखि नै आपराधिक गतिविधिहरूमा संलग्न रहेको पाइन्छ र अहिले यो नयाँ घटनामा पनि उनले भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर