मिर्मी, ०५ चैत्र  – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मिर्मी बहुमुखी क्याम्पसले स्ववियु निर्वाचन सहमतिको आधारमा गर्ने निर्णय गरेको छ। क्याम्पस प्रशासनले जनाएका अनुसार, निर्वाचनको विषयमा निरन्तर रुपमा वार्ता चलिरहेको र आज २०८१/१२/०५ गतेसम्म पनि वार्ता जारी रहेको जनाएको छ।

क्याम्पसले स्पष्ट पारेको छ कि सहमति पश्चात मात्रै निर्वाचन प्रक्रिया बारे निर्णय गरिनेछ। मिर्मी बहुमुखी क्याम्पस विशुद्ध सामुदायिक क्याम्पस भएकाले सबै कार्यहरू समुदायको सहभागिता र सहयोगमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको क्याम्पस प्रशासनले उल्लेख गरेको छ। यसैले, क्याम्पस प्रशासनले समाज विरुद्ध निर्णय नगर्ने अठोट जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस विषयमा क्याम्पसले सबैलाई अनाधिकृत रूपमा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न र त्यस्ता समाचारहरूमा विश्वास नगर्न अनुरोध गरेको छ।

*पुनश्च:* क्याम्पस प्रशासनले मिति २०८१/१२/०६ गते बिहान ८:०० बजे थप जानकारी दिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर