त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा संचालित वार्षिक परीक्षा प्रणाली अन्तर्गत मौका परीक्षा (२०८१) का लागि परीक्षा आवेदन फाराम भर्ने म्यादमा परिवर्तन गरेको छ।

पूर्व निर्धारित मिति अनुसार परीक्षार्थीहरूले २०८१ चैत्र १ गतेसम्म आवेदन फाराम बुझाउनुपर्ने थियो। तर, आगामी स्ववियु निर्वाचनको कारण धेरै क्याम्पसहरूमा आवेदन फाराम भर्न समस्या उत्पन्न भएकोले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परीक्षा संचालक समितिको निर्णय अनुसार आवेदन फाराम बुझाउने म्याद २०८१ चैत्र ८ गतेसम्म बढाइएको छ।

संबन्धित सबै परीक्षार्थीहरूलाई आवेदन फाराम म्यादको सीमा भित्र बुझाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर