कीर्तिपुर,०२ चैत्र – कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित ट्याङ्गलाफाँट चोकदेखि अजिमा पार्कसम्मका क्षेत्रहरूमा मापदण्ड विपरीत निर्माण गरिएका पर्खाल, टहरा र अन्य संरचनाहरूलाई हटाउन वडा कार्यालयले सूचना जारी गरेको छ।

वडा कार्यालयले सबै घरधनीलाई १५ दिनको भित्र उक्त संरचनाहरू हटाउन अनुरोध गरेको छ। सूचना अनुसार, घरधनीहरूले आफूले निर्माण गरेका मापदण्ड विपरीत संरचनाहरू स्वतः हटाई सहयोग पुर्याउनुपर्नेछ।

https://amzn.to/4myfPN5

यस कदममार्फत नगरको सौन्दर्य र सुरक्षा सुनिश्चित गर्न कोशिष गरिएको कीर्तिपुर नगरपालिका वडा कार्यालयको भनाइ छ। वडा कार्यालयले सबैलाई समयमै यो कार्य सम्पन्न गर्न र नगरको समृद्धि र स्वच्छता सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर