
कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले पहिलो कालीगण्डकी सांस्कृतिक महोत्सवको आयोजना गरेको छ। यस ऐतिहासिक महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजाति र समुदायका सांस्कृतिक धरोहर र परम्पराहरूलाई एकै स्थानमा भव्यतासाथ प्रस्तुत गरिएको थियो, जसले स्थानीय सांस्कृतिक समृद्धि र विविधताको उत्सव मनाउने अवसर प्रदान गर्यो।
हरेक जातजाति र समुदायको मौलिकता र सांस्कृतिक विविधता कालीगण्डकी गाउँपालिकाले सफलतापूर्वक एकत्रित गरेको छ। कार्यक्रममा विशेष रूपमा धार्मिक र सांस्कृतिक पर्यटनको महत्त्व र यस क्षेत्रमा तीव्र प्रगतिको आवश्यकता बारे चर्चा गरिएको थियो। यसले आगामी युगमा कालीगण्डकीलाई सांस्कृतिक र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन आवश्यक कदमहरू चाल्नुपर्ने उद्घोष गरेको छ।
कार्यक्रमका मुख्य आकर्षणमा भजन, चुडका, ख्याली, मारुनी, झ्याउरे, नौमतिबाजा, रत्यौली, लाखे र बालन गितहरूको शानदार प्रदर्शन गरिएको थियो। यस्ता लोककला र सांस्कृतिक धरोहरले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। साथै, स्थानिय स्तरका परम्परागत खानाका स्टलहरूमा ब्राह्मण र मगर समुदायले आफ्ना स्वादिष्ट परिकार प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप रङ्गीन र विविध बनाएको थियो।
कार्यक्रमसँगै स्वास्थ्य सेवा पनि प्राथमिकता दिइएको थियो, जसमा नसर्ने रोगको निशुल्क स्वास्थ्य परीक्षण र स्थानीय स्वास्थ्यसेवामा योगदान पुर्याउने प्रयास गरिएको थियो। यसले कार्यक्रमलाई अझ महत्वपुर्ण र समृद्ध बनायो।
यस महोत्सवले कालीगण्डकी गाउँपालिकाको सांस्कृतिक धरोहर र विविधतालाई प्रोत्साहन मात्र गर्दैन, बरु भविष्यमा सांस्कृतिक र धार्मिक पर्यटनलाई नयाँ उचाईमा पुर्याउने सम्भावनाहरूलाई पनि उजागर गरेको छ।