तानसेन, जापानीज समाजसेवी काजुमासा काकीमि ओके बाजेले तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयलाई सहयोग गर्नुभएको  छ ।

एक कार्यक्रमका विचमा ओकेबाजेले विद्यालयको भवन निमार्ण गर्नको लागि नगद तीन लाख रुपैया प्रदान गर्नुभएको हो ।

विद्यालय ब्यवस्थापन समितिमा अध्यक्ष रामचन्द्र नेपाललाई चेक हस्तान्तरण गर्दै ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयहरुलाई सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले आउदा दिनहरुमा पनि सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

सो अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले ओके बाजेको सहयोगले विद्यालयको भवन निमार्ण गर्न निकै सहयोग पुग्ने बताउदै समयमै भवन निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी वडा न १२ का वडा अध्यक्ष मेजर सि केसीले उहाँको सहयोगमा वडाको तर्फबाट सक्दो सहयोग गरि विद्यालयको भवन निमार्ण गरिने    वताउनुभयो । यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमारी थापाले ओके बाजेले यस अगाडि पनि विद्यालयलाई सहयोग गरेको चर्चा गर्दै अहिले भवन निमार्ण गर्नको लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

सो अवसरमा समाजसेवीहरु झमानसि दर्लामी,मान बहादुर राना, भिमबहादुर रास्कोटी, शिव नेपाल,गोपाल सि आले, लगायतकाले आफ्ना भनाईहरु राख्नु भएको थियो । विद्यालय भवन निमार्ण गर्नको लागि मानबहादुर रानाको अध्यक्षतामा समिति समेत  गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर