हरितालिका तीजको अवसर पारेर विभिन्न स्रष्टाहरुका सिर्जनाले बजार तताइरहेको छ । त्यस्तैमा चर्चित लोकदोहोरी गायक धनराज चुनाराको शब्द सृजना र संगीत रहेको नयाँ तीज गीत ‘नाच पियारी’ सार्वजनिक भएको छ । उक्त तीज गीतमा विर्ख सिंह र सुस्मा वि. सि को स्वर रहेको छ । गीतमा गायक चुनाराले पनि साथ दिएका छन् ।

जि वि आग्रीको निर्देशनमा बनेको गीतको भिडियोमा साजन शर्मा, दुर्गा भट्ट, गणेश वि.सि र कुसुम परियारको नृत्य रहेको छ । गीतको एरेन्ज र मिक्सिङ कुमार सानु पुनले गरेका छन् भने भिडियोको कोरियोग्राफर संजय विश्वकर्माले गरेका हुन् । उक्त गीत हाइलाइट्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । तीज गीत नाच पियारीलाई युट्युव राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हालसालै मात्र गायक चुनाराको स्वरमा रहेको ‘हातैमा चुरा मायालु’ बोलको तीज गीत सार्वजनिक भएको थियो । उक्त तीज गीत युटुयुबमा अत्याधिक रुचाइएको छ । त्यसअघि सार्वजनिक गरिएको सालैको पातैमा बोलको गीतले पनि निकै चर्चा पाएको थियो । नृत्य गर्न मिल्ने गीत युटुयुबमा अत्याधिक रुचाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर