अर्सेदी जुनियर क्रिकेट क्लव पाल्पाका आयोजनामा अर्सेदी खेल मैदानमा भएको क्रिकेट प्रतियोगितामा मिर्मी क्रिकेट क्लबका उदयमान खेलाडीहरु विजयी हुन सफल भएका छन् ।
असर्दी खेल मैदानमासम्पन्न यु –१६ क्रिकेट प्रतियोगितामा आयोजक असर्दी ब् लाई फाइनल खेलमा हराउँदै मिर्मीले सो उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिता भरी टीमलाई आफ्नो ब्याटिङ क्षमताको खाँचो परेको बेला जिम्मेवारी पूर्ण ब्याटिङ गरेका अभिषेक भट्टराई –Best Batsman बल र बलिङतर्फ भने टिमलाई आवश्यक परेको बेला Breakthroughनिकाल्न सफल अमृत भट्टराईBest Bowler घोषित भएका थिए ।सम्पूर्ण खेलाडीहरूको साथै टीमकोच प्रवीण पाण्डे र विष्णु न्यौपानेका साथै टीम व्यवस्थापक भूपति भट्टराईलाई मिर्मिका खेलप्रेमीहरुले हार्दिक बधाई एवम् भावी दिनका लागि शुभकामना दिएका छन ।
यस अघि पनि उक्त क्रिकेट क्लवले विभिन्न प्रतियोगिताहरु जितेसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर