रिब्दीकोट गाउँपालिका  ७, पालुङमैनादीमा आ.व. २०८०,८१ को वडा कार्यालय बाट गरेका कार्यहरुको वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्थानीय कृष्ण कुवँर,मोहन कुवँ।,तारा थापा, बम बहादुर लम्तरी,तारा कार्की, कपिला कुवँर लगाएतले शिक्षाको गुणस्तर सुधार गर्न किसानलार्य सहुलेतमा बिउ बिजन उपलब्ध गराउन,अनरोध गरेका थिय ।

यस्तै गाउँपालिकामा लेखा अधिकृत नहुदा समस्या परेको प्राविधिक मुल्याकन कम आउदा उपभोक्ता मारमा परेको समेत गुनासो गरेका छन

कार्यक्रमलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  मणि प्रसाद खनाल गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सम्बोधन गर्नु भएको थियो ।

वडा अध्यक्ष दान बहादुर कुँवरले  रिब्दीकोट ७ पालुङ्ग मैनादीको पहिचानको लागि सिमाक्षेत्रमा होर्डिङ बोर्ड र बतासे बजारमा डिजिटल बोर्ड राखिएको बताउदै समग्रमा पालुङ्ग मैनादी वडा नं. ७ मा यो वर्ष गाउँपालिका, प्रदेश र संघ मार्फत  सात करोड पैतिस लाख अठ्सट्ठी हजार रुपैयाँको कार्यक्रम सञ्चालन गरेर रिब्दीकोट गाउँपालिकाले बनाएको ६१ वटा स्थानीय ऐन नियमावली र कार्यविधिको आधारमा रहि कार्य सम्पन्न गरेको बताउनु भयो ।

कार्यक्रममा राजनिति दल सघ सस्था सामजिक ब्याक्तहिरु कार्यपालिका सदस्य वडा सचिव कमल ज्ञवाली लगाएतको उपस्थीत रहेको थियो ।वडा सदस्य रुद्र बहादुर थापाको स्वागत बाट सुरु भएको  सहिजकिरण सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गर्नु भएको  थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर