रामचन्द्र नेपाल

पाल्पाको पुर्वखोला गाउँपालिका दुई जल्पामा घर गोठ बावियो खरले छाउन थालेका छन्।

https://amzn.to/4myfPN5

घरलाई घाम पानी बाट ओत लाग्न खर वा बावियोले छाउने प्रचलन पुर्खा देखि चलि आइरहेको थियो ।आज भोलि टिन , ढलाई र ट्रस्टको प्रयोग हुन थालेपछि जल्पाको अधिकाम्स घर, गोठ, कुटि निमार्णमा टिन , ढलाई र ट्रस्टको प्रयोग हुन थालेपछि खर पाखा पखेरोमा कुहुने अवस्था समेत आएको स्थानिय मिन ब. रानाले बताउनु हुन्छ।बाँसको चोया, भाटा बनाएर छाना छाउने भन्ने समेत आज भोलिका युवा पिडिलाई थाहा समेत नहुन् सक्छ। चिसो मौसममा न्यानो साथै गर्मीयाममा सित्तल हुने खरको घर छाउन र भट्याउन नयाँ पिडिले नजान्दा यस्तो किसिमको सिप पनि ओझेलमा नपर्ला भन्न नसकिने रानाले बताउनु भयो ।

 

गाउँ घरमा पहिले पहिले परिम चल्ने गरेको ठाउँमा अहिले खेतारा समेत पाउन गारो हुने र पहिला खरले छाउन गाउँका अधिकाम्स घर हुने गर्दथे भने अहिले कहि कतै पनि खरले छाउनका लागी घर नभएको स्थानिय दयाराम पाण्डेले बताउनु हुन्छ ।

 

पूर्वखोला गाउपालिका साविक वडा नं. १ साकिनेमा ६५ घर मध्ये ५ घर र १० गोठ मात्रै खरले छाइएको छ । स्थानिय तथा वाह्य पर्यटकले खरको घर हेर्न रुचाउने र यसले स्थानियको आयस्रोत समेत वढाउने हुदा गा.पा.ले खरले छाउने सिपलाई उजागरण गर्न सके भावि पिडिमा यसको उपलब्धि पनि देख्न सकिने पाण्डेले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर