रिमा घर्तीमगर

रामपुर नगरपालिकामा रहनु भएका सुदिप भट्टराई(माधव) समाजसेवामा सक्रिय रुपमा लाग्न थाल्नु भएको छ । उहाँले लक्ष्मी नारायण मेमोरियल फाउन्डेसन नामवाट समाजसेवामा अग्रसर हुन थाल्नु भएको हो ।
यस अगाडि थुप्रै सामाजिक कार्यहरु गर्दै आउनु भएका भट्टराईले आउदा दिनहरुमा समाजलाई अझ अगाडि वढाउनको लागि विभिन्न योजनाहरु बनाईरहनु भएको हामिसँगको कुराकानीमा बताउनुभयो
रामपुर नगरपालिका वडा नं ५ सानी अमराईमा रहेको बालकल्याण प्राविको २५ औ वार्षिकोत्सव तथा २६ औ अभिभावक दिवस समारोहको अवसरमा विद्यार्थीहरुलाई झोला र कपी दिएर सहयोग गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भण्डारी को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल रहनु भएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष पोखरेलले समाजको सहयोग विना कुनै पनि सस्था सफल नहुने बताउनु भयो । उँहाले वडाबाट सक्दो सहयोग गर्ने भन्दै बिद्यार्थी सख्या बढाउन सबैलाई अनुरोध समेत गर्नु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक बुद्विराज आचार्यले बार्षिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो ।
सो अवसरमा लक्ष्मी नारायण मेमोरियल फाउन्डेसनका संरक्षक सुदिप भट्टराईले समाजमा आफुले जानेको कुराहरु समुदायलाई वाड्नु पर्ने उल्लेख गर्दै मानव संभ्यता सस्कृति बचाउको लागि सेवा गर्दै आउने बताउनु भयो ।
विद्यालयका शिक्षक बृन्दा पराजुलिको स्वागतबाट शुरु भएको कार्यक्रममा नगर शिक्षा अधिकृत विकल काफ्ले, रामपुर उद्योग बाणिज्य सघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य माया नेपाली, समाजसेवि फणेश्वर गौतम, वडा सदस्य युवराज शाहि, मदरसा प्राविका प्रधानाध्यापक नगेन्द्र प्रसाद काफ्ले अभिभावक माझी टोल विकास सस्थाका सचिव कमल आचार्य, समाजसेवि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बेदराज ढुगाना लगायतले शुभकामना दिनु भएको थियो ।
बार्षिक उत्सवको अबश्वरमा वाई सर्भिस कल्व अफ रामपुर पाल्पा सस्थापक अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल ,द्वितिय उपाध्यक्ष सन्जय काफ्लेले १५ हजार बराबरको झोला वितरण गर्नुभएको थियो । कार्यक्रम शिक्षक पिताम्वर पोखरेलले चलाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर