पाल्पा,माथागढी गाउँपालिका वडा नं. २ रुप्सेमा रहेको बुद्धिविकास आधारभूत विद्यालयकोे ७० औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चिदीले शैक्षिक गुणस्तरमा यो विद्यालयले निकै प्रगति गरिरहेको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पूर्व मन्त्री रमा घर्ती, वडा अध्यक्ष बोमबहादुर ठाडा, वडा सदस्य यान सिं थापा, अक्षयकोष दाताको तर्फबाट डिल्ली राज काफ्ले ,समाजसेवी तारा वहादुर सारु, माडी बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष तुल्सीराम भुसाल, वडा सचिव सरस्वती पन्थी, सामाजिक स्रोत विकास केन्द्र पाल्पाका कार्यकारी प्रमुख चोपलाल गिरी,पुर्ब अध्यक्ष आत्माराम कोइराला,कर्णधार माबिका सहायक प्रअ राजन अधिकारी, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सो अवसरमा विद्यालयका प्रअ कमलादेवी ढकालले विद्यालयको आम्दानी खर्चको हिसाव किताव तथा शैक्षिक अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा पालिका अध्यक्ष यम बहादुर चिदीले १० हजार वडा नं २ का वडा अध्यक्ष बमबहादुर ठाडाले ५ हजार १ सय ११ वडा सदस्य यान सिं थापाले ५ हजार ५० प्रअ कमालादेवी ढकालले ५ हजार १ सय शिक्षक सुमित्रा चिदीले ५ हजार ५ बाल शिक्षक गोमा कुमालले ३ हजार कार्यालय सहयोगी लक्ष्मी काफ्लेबाट ३ हजार स्थानीय समाजसेवी ताराबहादुर सारुले ५ हजार २५ गरी ४१ हजार २ सय ९१ रुपैया बरावरको अक्षयकोष समेत जम्मा गरिदिनुभएको विद्यालयका शिक्षक शोभाकडरियाले जानकारी दिनुभयो । कार्यक्रममा आउनु भएका पाहुनाहरुलाई शिक्षक मनोहर ज्ञवालीले स्वागत गर्नुभएको थियो भने शिक्षक शोभा कडरियाले कार्यक्रम चलाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर