१४ भाद्र २०७७, आइतवार
मलेसियावाट आज ४८० जना नेपालीहरु उद्धार उडान मार्फत नेपाल फर्किएका छन । नेपाल एयरलाइन्सवाट १५१ जना, हिमालय एयरलाइन्सवाट १५६ जना र मालिन्दो एयरवाट १७३ जना नेपाल फर्किएका हुन । करीव सत्र हजार नेपालीले नेपाल फर्कनको लागि नेपाली दुतावासमा आफनो विवरणहरु वुझाईसकेका थिए । हिमालय एयरलाइन्सको जहाजले एक वटा शवसमेत ल्याएको छ । शुक्रवार मात्रै मलेसियावाट १३ जनाको शव र तीन जनाको अस्तु नेपाल ल्याईएको थियो ।

 


प्रतिक्रिया

सम्बन्धित खवर