बिराटनगर / हालै नेपाल मा सबै भन्दा ठूलो धनराशि भएको रियालिटि शो सन्चालन गरेको इन्ट्रा नेशनल वेलफेर शपोर्ट एण्ड फाउन्डेसन अफ अमेरिका द्वारा आयोजना गरिएको मेरो डान्श युनिभर्श र मेरो भ्वाइस युनिभर्श को सफलता पुर्बक समापन भए लगत्तै इन्ट्रा फाउन्डेसन ले मोरङ को पथरि सनिश्चरे र झापा बेलडाँगी भुटानी शिविरमा स्वास्थ्य चौकि शिलान्यास गरेको छ।

https://amzn.to/4myfPN5

दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ । यी २ शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी रहेका छन्, यस ठाउ को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।

विहिवार इन्ट्रा फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापा ले बेलडांगी को कार्यकाम मा आफनू बिचार राख्दै इन्ट्रा फाउन्डेसन ले सहयोग गरे दमक मा पूर्व कै सुन्दर पार्क निर्माण गर्ने शोच बनाएको कुरा समेत राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर