नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा गरी पाँच जनालाई मनोनीत गरेका छन् ।
देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेका हुन् ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै कांग्रेसकाे अनुशासन समितिले पूर्णता पाएकाे छ । न्याैपाने र वाग्ले देउवा पक्षका हुन् भने गाैतम र काेइराला शेखर कोइराला- गगन थापा समूह निकट मानिन्छन् ।
त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्तासमेत रहेका खातीलाई मनोनयन गरेको उनले बताए ।
निर्वाचन समितिका संयाेजक गाेपालकृष्ण घिमिरे नेपाल बार एशाेशियसनकाे अध्यक्ष भएपछि उक्त पद रिक्त थियाे । –रातोपाटी