नेकपा एमालेले काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका केशव स्थापितलाई केन्द्रिय सदस्यलाई बिदा गरेको छ ।
एमालेको सोमबार बसेको सचिवालय बैठकले स्थापितसंगै केन्द्रिय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई पनि केन्द्रिय सदस्यबाट विदा दिने निर्णय गरेको छ ।
एमाले स्रोतका अनुसार स्थापित तथा यादव दुबै नेताले पार्टी नेतृत्वसमक्ष कार्यकारी भूमिकाबाट विदा लिन चाहेको जानकारी गराएका थिए । उनीहरुको चाहना अनुसार नै सचिवालय बैठकले उनीहरुलाई विदा दिने निर्णय गरेको बताइन्छ । निर्णयपछि उनीहरुको राजीनामा स्वीकृत गरिएको छ ।
यसैबीच, सोमबारकै सचिवालय बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ । उक्त विभागको प्रमुखमा एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन ।
यसैगरी, खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठलाई मनोनित गरिएको छ भने संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनित गरिएको छ ।