प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध जनाएको छ। एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्।  बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए।

उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्।

https://amzn.to/4myfPN5

एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका छन्।

एमाले सांसद वेल घेराउ गर्न अघि बढेका छन्।  सभामुख घिमिरेले नियमको पालना गर्न सांसदलाई आग्रह गरिरहेका छन्। -अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित खवर