सिआइबीले ललिता निवासको जग्गा हिनामिना मा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग संबन्धित बयान लिनको लागि छलफल र तयारीमा जुटेको छ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यबीच यस विषयमा उच्च स्तरको छलफल भएको छ।

सिआइबीका स्रोत अनुसार्, ‘ललिता निवासको जग्गा सम्बन्धमा मन्त्रिपरिषदले गरेका निर्णय र तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीहरूसँग बयान लिने विषयमा माथिल्लो तहमा छलफल जारी छ।’

गत सोमबार, सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्नका लागि निर्देशन गरेपछी सिआइबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिन तयारीमा जुटेको छ।

सिआइबीले किर्ते तथा संगठित अपराधको अनुसन्धानमा सक्रियता देखाएको छ, र ललिता निवास जग्गा प्रकरणमा चार सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ, तर अहिलेसम्म १९ जना मात्रै हिरासतमा छन्।

अदालतको आदेशअनुसार अनुसन्धानको दायरामा ल्याउन लागिएका पूर्वप्रधानमन्त्री नेपाल अहिले देशबाहिर छन्। उनले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयसहित सरकारी उच्च अधिकारीलाई बयानका लागि बोलाउने वातावरण बनाउन प्रहरीलाई निर्देशन दिइसकेका छन्।

उनले आफू देशबाहिर भए पनि अनुसन्धानमा सघाउने र आवश्यक परे तुरुन्तै फर्कने बताएका छन्। नेपालले यस मामिलामा आफूले केही नबिराएको दाबी गर्दै आएका छन्।

उनले युरोप भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफू नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले तयार पारेको गुरुयोजनालाई अघि बढाएको बताएका थिए।

नेपालको सचिवालयले पनि सर्वोच्च अदालको आदेशबारे जानकारी भएको र नेता नेपालले अनुसन्धानमा सघाउने जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर