
राजस्व अनुसन्धान विभागले एक क्विनटल सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएको छ।विभागले हालसम्म गरेको अनुसन्धान फाइल र पक्राउ परेका आरोपितलाई सीआईबीको जिम्मा लगाएको छ। ३ साउनमा विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको मोटरपार्ट्सभित्र लुकाएको करिब एक क्विनटल सुन बरामद गरिएको थियो।
हालसम्म प्रकरणमा विभागको टोलीले १८ जनालाई पक्राउ गरेको छ।
जसमध्ये एकजना भने हाजिरी जमानीमा छुटेका छन् । विभागले सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित रूपमा तस्करी भएको देखिएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको हो ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले विभागले अनुसन्धान फाइल र सबै आरोपितको जिम्मा आफूहरूलाई लगाएको बताए ।
“अनुसन्धानका लागि हालसम्म भएका सबै फाइल र आरोपितहरूलाई हामीले ल्याएका छौँ । अब सबै कोणबाट हामी अनुसन्धान गर्छौं,” बज्राचार्यले भने ।