काठमाडौं– एक टेलिभिजन अन्तर्वार्तामा विवादित अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीका अनुसार अधिवक्ता पाण्डेलाई जाँचबुझका लागि बिहानै परिसर बोलाइएको थियो। परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको हो।

https://amzn.to/4myfPN5
तर उनलाई पक्राउको माग गर्दै भएको प्रदर्शनमा तीन जना प्रहरी घाइते भएका छन्। मगर र तामाङ समुदायका व्यक्तिहरुले पाण्डेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। सोही क्रममा आन्दोलनकारीको ढुंगा लागेर तीन जना प्रहरी घाइते भएको डिएसपी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर