साउन ९
जि.के. पाण्डेय ,स्याङ्जा

गएराति देखिको अविरल बर्षाका कारण मिर्मी-बिर्घा-रुद्रबेणी सडकखण्ड अन्तर्गत भुष्टुङ्ग – रुद्रबेणी खण्ड पुर्ण

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

रुपमा अवरुद्द भएको छ। कालीगण्डकी २ स्थित लौझा भिरमा माथिबाट आएको भल एवं भलसंगै आएको पहिरोका कारण बाटोको बेस नै

बगाएको कालीगण्डकी २ का स्थानीय बुद्ध सिं रानाले जानकारी गराउनु भएको छ। उहाँका अनुसार क्षतिको अवस्था हेर्दा सडकलाइ पहिलेकै

आकारमा ल्याउन सानो बजेटले भ्याउने खालको देखिदैन। उहाँ भन्नुहुन्छ यदि माथिबाट आएको भललाइ अति सिघ्र प्राविधिकको सल्लाह

अनुसार नियन्त्रण र उपयुक्त स्थानबाट निस्कासन नगर्ने हो भने भविस्यमा थप जोखिमको सामना गर्नुपर्ने देखिन्छ। त्यस्तै बर्षाका कारण

कालीगण्डकी २ लसर्घाबेसी माथिल्लो थरमा अवस्थित खेलमैदानमा पनि क्षति पुगेको कालीगण्डकी गाउँपालिका वडा नं २ की अध्यक्ष खगिसरा

आलेले जानकारी गराउनु भएको छ। क्षतिको निराकरणको सम्बन्धमा अध्यक्ष आलेसंग बुझ्दा आजै गाउँपालिकाबाट क्षतिको स्थलगत

अवलोकन,अनुगमन हुने तत्पश्चात समाधानको विकल्प खोजिने जानकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर