पाल्पा,नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ।

अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तान्सेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।
तानसेनको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले यो अभियानले पाल्पाको पर्यटकिय विकास र विस्तारमा थप टेवा पुग्ने बताउदै नगरपालिकाको तर्फबाट पर्यटन प्रवद्र्धनमा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले यो पदयात्रा पाल्पाको पर्यटकिय गन्तव्यको लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले साउन महिनाको पाँचवटै शनिवार विभिन्न गन्तव्यमा पदयात्रा कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
पदयात्राको क्रममा चण्डीभञ्ज्याङमा तल रहेको करीव सय वर्ष अघि बनेको सुरुङ,चेचिकोटमा रहेको रतन पाँडेको मन्दिरको अवलोकन गरिएको थियो ।
पदयात्रीहरुले तानसेन १२ मा रहेको थाम्के डाँडा पुगेको थियो । ३६० डिग्रीबाट निकै धेरै ठाउँहरु देख्न सकिने थाम्केडाँडाबाट मनोरम हिमश्रींखलाका साथै, कालिगण्डकी नदि, रिडी, गुल्मी,अर्घाखाची, पाल्पाका धेरै दृश्य देखिने भएकाले पनि यो ठाउँ पर्यटकहरुको लागि निकै उपयुक्त ठाउँ रहेको बताईएको थियो ।
सो ठाउँबाट दृष्य नियाल्नको लागि ट्रि हाउसको समेत ब्यवस्था र शाहसीक पर्यटकिय खेल अग्लो स्थानमा रहेको ( स्विङ) पिङले समेत ब्यवस्था रहेको निकै धेरै पर्यटकीय आर्कषण गराउन सकिने रहेको पदयात्रीले बताएका थिए ।
थाम्काडाँडामा आयोजित कार्यक्रममा आफनो भनाई राख्दै तानसेन नगरपालिका वडा नं १२ का वडाध्यक्ष मेजर सिह केसीले यो ठाउँ प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक महत्व रहेको चर्चा गर्दै यसको थप विकास गर्नको लागि विभिन्न निकायहरु संग समन्वय र सहकार्य भैरहेको जानकारी गराउनु भयो ।
पदयात्रापछि नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पाल्पा आउने पर्यटकको बसाइ बढाउन यो बौघापोखराथोक महत्वपूर्ण गन्तव्य हुने बताउनु भयो । उहाँले पाल्पामा आउने पर्यटकहरुको बसाईलाई लम्व्याउनको लागि यो स्थान निकै उपयुक्त र तानसेन बजारबाट नजिकै भएको कारण सहज भएको समेत बताउनुभयो ।
उहाँले पाल्पामा आउने पर्यटकको लागि तानसेन, श्रीनगर, भैरबस्थान, रानी महल मात्र नभएर अरु थुपै गन्तव्य रहेको र त्यसको खोजी गरि प्रवद्र्धन गर्नुपर्ने उहाको भनाई रहेको थियो ।
पदयात्रामा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्त, बरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदिपकुमार पोखरेल सहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य पत्रकारहरु र पर्यटनसँग सरोकारराख्नेहरुको सहभागिता रहेको थियो।
पदयात्रामा पुगेको समुहलाई तानसेन नगरपालिका वडा न१२ मा रहेको महिला समुहले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर