सुमिता भट्टराई,
मिर्मीमा आज टिप्पर दुर्घटना भएको छ ।
स्याङ्जाको मिर्मीमा आज टिप्पर दुर्घटना हुँदा चालक यादव कुमार तमाङ सामान्य घाईते भएका छन ।
घाईते चालक तमाङ कमला माई गा.पा -०२ सिन्धुलीका हुन । बुटवलबाट सिमेन्ट बोकेर बाग्लुङ तर्फ जाँदै गरेको ग.१.ख ९५८३ नम्बरको टिप्पर कालीगण्डकी गाउँपालिका–०७ स्याङ्जा मिर्मी (आधिमुहन तातोपानी ) मा आज आइतबार दिउसो ४:४५ बजे दुर्घटनामा परेको हो।
बाग्लुङ तर्फ हिडेको टिप्पर कालीगण्डकी कोरीडोर गुल्मी राक्से नजिक बाटो अबरुद्द भएको हुनाले मिर्मी फर्किएर जोगिमार-सेतीबेनी फास्ट ट्राक हुँदै बाग्लुङ जान खोजेको तर फास्ट ट्रायक पनि अबरुद्ध भएर फर्किदै गर्दा टिप्परको ब्रेक फेल भएर ब्याक भई दुर्घटना परेको ,चालकले बताए ।
दुर्घटनामा परी घाइते भएका तमाङको मिर्मिस्थित कालिगण्डकी हस्पिटलमा उपचार हुँदैछ ।
टिप्पर बाटो बाट करीव ३५-४० मिटर तल खोल्सामा खसेको छ ।