अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका

प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ ।  यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्‍याइएको एन्फाले

जनाएको छ ।

यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले

खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लिगको तयारीका लागि

सहभागी क्लबहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । खेलाडीहरुको अध्ययनलाई ध्यानमा राखी यू-१६ लिगका खेलहरु

शुक्रबार, शनिबार वा सार्वजनिक विदाको दिन पारेर खेलाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर