रैनादेवी छहरा गाउँपालिकाले राजस्व मोड्युल तालिम प्रदान गरेको छ। गाउँपालिकाको राजस्व सम्बन्धी कार्यहरू डिजिटल प्रणालीमा आबद्ध गर्नको लागि वडा कार्यालयका कर्मचारीहरूलाई बुधबार गाउँपालिकाले तालिम प्रदान गरेको हो। स्थानीय सञ्‍चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजस्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरेको गाउँपालिकाले जनाएको छ।

तालिमको उद्‍घाटन गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृतदिनेश सारु, राजस्व शाखा प्रमुख हरि प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो। गाउँपालिकाका राजस्व शाखा प्रमुख हरि प्रसाद पराजुलीले वडा कार्यालयका कर्मचारीहरूलाई प्रशिक्षण दिएका हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर