क्रिकेट सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दाकै कारण उनले दक्षिण अफ्रिका टूर गुमाउने पक्का जस्तै भएको छ ।

आईसीसी विश्वकप लिग टूमा शीर्ष तीन भित्र परेको नेपाली टिमले जिम्बाबेमा आयोजना हुन लागेको एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरका लागि स्थान बनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यसअघि जेलबाट निस्किएर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप अहिले पनि काठमाडौं अदालतको मुद्दाका कारण उनले नेपाली टिमसँगै दक्षिण अफ्रिकामा अभ्यासका लागि जाने सम्भावना कम रहेको छ । नेपाली टिम जुन १ तारिखतिर दक्षिण अफ्रिका जाने र उतैबाट जिम्बाबे जाने छ ।

यता, सन्दीपविरुद्धको मुद्दा २ पटक सरिसकेको थियो भने आजका लागि तय भएको पेशीबाट पनि थप अघि बढ्न सकेन ।

न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलाशले सन्दीपविरुद्ध जाहेरी दिएकी (परिवर्तित नाम गौशाखा २६ )को जन्ममितिका विषयमा फेरि प्रमाणीकरण गरेर पठाउन सम्बन्धित गाउँपालिकालाई आदेश दिएको छ । अदालतका अनुसार केटीको जन्म दर्ताको सक्कल प्रति ल्याउन आदेश दिइएको छ । यसैगरी अदालतले नारायणी अस्पताल वीरगन्जमा जन्मिएकी उनको अस्पतालमा रहेको रेकर्डको सक्कल विवरण पेश गर्न भनेको छ ।

जुन कुरा यसअघि सन्दीपको थुनछेक बहसका बेला गौशाखा २६ को जन्ममितिको कुरा अदालतमा पेश भइसकेको अवस्थामा फेरि गाउँपालिकातर्फ पठाउनु यो मुद्दामा ढिलाई गर्न खोजिएको रुपमा सन्दीपका कानुनव्यवसायीले बताएका छन् ।sandep

काठमाडौं जिल्ला अदालतले पुर्पक्षको थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशपछि २० लाख धरौटी बुझाएर रिहा भएका थिए । ९९ दिन पछि रिहा भएर मैदान उत्रिएका सन्दीपले १५ खेलबाट ४३ विकेट लिएका थिए ।

अहिलेको अवस्थामा फेरि जन्ममितिको विषय अदालतमा पेश भएर पेशी अगाडि बढ्दा सन्दीप दक्षिण अफ्रिका अब जान पाउने छैनन् भने त्यसपछि पनि प्रक्रियामा ढिला भयो भने जिम्बाबे पनि जान पाउने छैनन् ।

जन्म दर्ता प्रमणपत्र काठमाडौं जिल्ला अदालतमा पेश भएपछि मात्रै नयाँ पेशी (तारिख) तय हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर