
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको जिकिर छन्।
आइतबार उनलाई म्याद थपका लागि जिल्ला अदालत र सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो । त्यसक्रममा पत्रकारहरूले सोधेको विविध प्रश्नको जवाफ दिँदै उनले आफू निर्दोष रहेको बताए । “नक्कली शरणार्थी प्रकरणमा म निर्दोष छु, यसमा मेरो संलग्नता छैन,” खाणले भनेका छन् ।
प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए । अदालतले उनलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।