पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए ।

यस घोटालामा संलग्न रहेको आरोपमा प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र 
‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना यसअघि नै पक्राउ गरिसकेको छ ।
रायमाझी घोटालामा संलग्न रहेको औपचारिक आरोप लागेपछि एमालेले यसअघि नै निलम्बन गरिसकेको छ ।

शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर