इविद्या डटकमले घरमै बसेर मोबाइल एप इविद्यामार्फत विभिन्न परीक्षाको तयारी गर्न सकिने व्यवस्था मिलाएको छ।

विद्यार्थीले आफ्नो उपयुक्त समयमा सजिलो माध्यमबाट गुणस्तरीय सिकाइबाट उत्कृष्ट नतिजा प्राप्त गर्न सक्ने इविद्या डटकमले दाबी गरेको छ। इविद्या डटकमका अनुसारले तत्काललाई आठवटा तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने भएको छ।

https://amzn.to/4myfPN5

कम्पनीका अनुसार पहिलो चरणमा कमन मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स, शिक्षा सेवा आयोग तयारी, कोरियन भाषा कक्षा, जापानी भाषा कक्षा, आइएलटिएस, बौद्धिक परीक्षण, एसइईपछिको ब्रिज कोर्स र कक्षा १२ को अंग्रेजी र एकाउन्ट विषयको तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिनेछ। अन्य विषयका कक्षाहरू पनि तयारी भइरहेकाले दोस्रो चरणका कक्षाहरू पनि छिट्टै सार्वजनिक हुने बताइएको छ।

मोबाइल एप इविद्या आफ्नो मोबाइलमा डाउनलोड गरी आफूलाई आवश्यक परेको कोर्स निःशुल्क वा खरिद गरी अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर