नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दू राज्यको पक्षमा धारणा नाख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे ।

‘दुई चार जनाले हिन्दू राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिँड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दू राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कदैन, यसतर्फ ध्यान दिनुपर्छ’ ओलीलाई उधृत गर्दै एक नेताले भने ।

राज्यको कुनै धर्म नहुने र सबै धर्मालम्बीहरुको मुलुक भएको पनि उनले बताए । ‘देशमा हिन्दू धर्म मान्ने बहुसंख्यक छन्, यो धर्म असहिष्णु छैन, यसलाई मान्नुपर्छ । तर अब पछाडि फर्कन सकिदैन’ ओलीले भनेका थिए ।

अध्यक्ष ओलीले भारतको समेत उदाहरण दिए । ‘नामै हिन्दूस्तान भएको भारत हिन्दू राज्य होइन, धर्म निरपेक्ष देश हो’, ओलीले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर