स्याङ्जा , केहि समय अगाडी स्याङ्जाको कालीगण्डकी ४ स्थित एक आधारभूत विद्यालयको अनियमितता सतहमा आएपछि कालीगण्डकी गाउँपालिका भित्रका शैक्षिक संस्थाका बेथितिहरुका बारेका एकपछि अर्को तथ्य क्रमश बाहिरिने क्रममा छ्न।

यहि क्रममा २०२४ सालमा स्थापना भएको कालीगण्डकी ३ बारिचौर स्थित बारिचौर आधारभुत विद्यालयमा भएको बेथितिका बारेमा तथ्य बाहिरिएको छ। बारिचौरका स्थानीय भन्छन, गाउँमा विद्यालय त छ तर विद्यालयबाट हाम्रा नानी बाबुहरुले गुणस्तरीय शिक्षा पाउनु त परको कुरा विद्यालय समयमा विद्यालयका बारे केहि गुनासो राखौं भनि विद्यालय पुग्दा विद्यालय समयमा राजनैतिक कार्यक्रममा व्यस्त हुने र मुस्किलले महिनामा ४/५ दिन मात्र विद्यालयमा हाजिरी हुने प्रधानाध्यापक नै विद्यालयमा भेटिनुहुन्न।

विद्यालयको नाममा रहेको जंगलमा रहेको खयर बिक्री गरेर आ.ब.२०६७/६८मा विद्यालयको पक्की भवन त बन्यो तर पक्की भवन बनेपनि हाल विद्यालयमा अध्ययन गर्ने १२/१५ जना विद्यार्थीले पनि गुणस्तरीय शिक्षा नपाएको र खएर बिक्री पश्चातको आम्दानी खर्च विवरण विद्यालयले हालसम्म समुदायमा सार्वजनिक नगरेको स्थानीयको गुनासो छ। बि.सं.२०५९ सालमा बारीचौर आधारभूत विद्यालय र नवयुग सांकृतिक परिवार हालको श्री राईजिङ् स्टार जनहित क्लबको संयुक्त आयोजनामा विद्यालयमा पुस्तकालय निर्माण गर्ने उदेश्यले सबिकको बिर्घा गा.बि.स.को वडा नं ७,८,९ का टोल हरुमा गरिएको देउसी भैलो कार्यक्रमबाट उठेको रकम आजसम्म कहाँ छ वा छैन छ भने कहाँ लगानी छ स्थानीयहरु अनभिज्ञ छन।

विद्यालयमा अध्यापन गर्ने शिक्षिकाहरुको नामै किटेर उनी भन्छन,आफुले अध्यापन गर्ने विद्यालय र आफ्नो अध्यापन क्षमतालाइ अविश्वास गर्दै “आफ्ना छोराछोरीलाइ निजि विद्यालयमा पढाउने शिक्षकले हाम्रा नानिबाबुहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गर्छन भनेर कसरी बिश्वास गर्नु”? उनी भन्छन विद्यालयमा शौचालय त छ तर शौचालय प्रयोगमा नआँउदा विद्यार्थीहरु खुलामा दिसापिसाब गर्न बाध्य छन अरु त अरु विद्यालय व्यवस्थापनले औपचारिक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको गाउँलेको जानकारीमा छैन !

एकपछि अर्को गरेर बाहिर आएका कालीगण्डकीका विद्यालयहरुको बेथिति बारे जानकार रहेर पनि गुपचुप राख्न खोजिनुले कालीगण्डकी गाउँपालिका र पालिकाको शिक्षा शाखाको नियत माथि नै शंका उब्जिएको स्थानीयको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर