काठमाडौं, विभिन्न व्यक्तिहरूको खातामा रकम पठाउन लगाई ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३१ वर्षीय अनिल मालाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

आइएमई कार्यालयमा गई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरुमा रकम पठाउनु पर्नेछ भनि खाता नम्बर र खातावालाको नाम समेत दिई पटक-पटक गरी जम्मा ३ लाख रूपैयाँ रकम पठाउन लगाई आइएमई कार्यालयका संचालकलाई आइएमई गरेको रकम नदिई बाहिर गई फोनमा कुरा गरे जस्तो गरी भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

https://amzn.to/4myfPN5

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर