बिराटनगर / झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर