मेस्सी र रोनाल्डोबीचको टोलीको मैत्रीपूर्ण खेलमा मेस्सीको टोली बिजयी भएको छ । रोनाल्डोको नेतृत्वमा मैदान उत्रिएको साउदीकाे रियाद सिजन टोली र मेस्सी सहभागि पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैत्रीपूर्ण खेलमा पिएसजी बिजयी भएको हो । रोमान्चक खेलमा पिएसजी ५– ४ ले विजयी भयो ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले १–१ गोल गरे । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । एन्डरसन तालिस्का र जाङ ह्युन सुले गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केही मिनेटमा पिएसजी १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए । ३९ औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई लडाएपछि रेफ्रीले रातो कार्ड दिए । तर त्यसले पिएसजीलाई अग्रता लिनबाट रोक्न । कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

नेयमारलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पिएसजीलाई पेनाल्टी दिए । तर नेयमारको पेनाल्टी गोलरक्षक अल ओवाइसले बचाए । त्यसको केही मिनेटमै रोनाल्डोले बराबरी गोल फर्काए ।

खेलको ५४ औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । एमबाप्पेको कटब्याकलाई रामोसले पहिलो टचमा नै गोल गरे । तर दुई मिनेटमै रियादले बराबरी गोल फर्कायो । जाङ ह्युन सुले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरे ।

५९ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोल गर्दै अग्रता दिलाए ।

७८ औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । इन्ज्युरी समयको अन्त्यमा एन्डरसन तालिस्काले गोल गरेपनि खेलमा पिएसजी विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर