बिराटनगर / पूर्व का सम्राट भनेर चिनीने हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले काका हरायो नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

लुइँटेलकै अफिसियल युट्युब च्यानलमार्फत उनले गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । बोकेदाह्री र मनिषा पोखरेलको आवाजमा रहेको गीत मा अच्युत अधिकारी (ब्याए भुटान) को सब्द रहेको छ ।
यस गीत लाई सुमन तामाङ ले खिचेका हून भने हेमन तामाङ ले एडिट गरेको छन भिडियो पूर्व कै सुन्दर सहर इटहरी आसपास छायान्कन गरिएको हो ।

अंग्रेजी बिध्यालय पढ़ने बालबालिकाहरूले अंग्रेजी शब्द मात्रै घोक्दै जाँदा नेपाली संस्कृति र शब्द नै भुलेको कुरालाई गीतमार्फत उठान गरिएको छ । त्यसै गरी अहिले सन्तान घटाउने प्रबिधि यात सानु सन्तान जन्माउने भएकाले काका भन्ने सब्द नै हराउने कुराको बोकेदारी ले गीत मार्फत तीखो ब्यन्ग्य गरेका छन ।

बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्यूजिक भिडियो तयार पारिएको गायक बोकेदारी ले रास्ट्र डेली लाई जानकारी दीए ।

प्रतिक्रिया

सम्बन्धित खवर