जनकपुर / दाइजोसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

https://amzn.to/4myfPN5

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन्।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

पंकजले बिहेअघि नै २५ लाख रुपैयाँ दाइजो लिएको नेहाको दाबी छ। नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।

उनका श्रीमान पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। जाहेरीवाली नेहाको तर्फबाट महोत्तरी जिल्ला सरकारी वकिल मनोज कुमार गुप्ता र रिंकु कुमारी यादवले बहस गरेका थिए भने पंकजको तर्फबाट विजय ठाकुर र शंकर गुवाजुले बहस गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर