
काठमाडौं / सर्वदलीय बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा सभाको पहिलो बैठकका एजेण्डाबारे छलफल भइरहेको छ।
संघीय संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ।
बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ।
बैठकले प्रतिनिधिसभाको नियमावली अनुमोदन,सभामुख चयन,संसदमा राष्ट्रपतिको सम्बोधन,सरकारले विश्वासको मत लिने तयारीलगायत विषयमा छलफल गर्ने बताइएको छ।