बिराटनगर / बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको छ।

बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको संयुक्त इजलासको ४ नम्बरमा पुनरावेदनको मुद्दा परेको हो।

पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलको भनाइ छ।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर