बिरटनगर / मोरङ को बुढिगंगा गाउपालिका मा प्रथम बुढिगंगा आमन्त्रित जिल्ला जूनियर कराते २०७९ सम्पन्न भएको छ ।

खेल मा न्यु सेप कराते एकेडेमी बूढिगंगा १ प्रथम इटहरी कराते एकेडेमी इटहरी दोस्रो त्यसै गरी टीम इण्डिया तेस्रो भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उक्त खेलमा उत्कृष्ट खेलाडी पुरुष बिपल राई उत्क्रिस्ट खेलाडी महिला हेमा आले मगर त्यसै गरी उदयमान खेलाडि पूरुष पल राना मगर उदयमान खेलाडी महिला भूमिका लूङ्गेलि मगर रहेका छन । यसै गरी प्रथम लाई नगद रु १५,००० ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो लाई नगद रु १०,००० ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी तेस्रो लाई नगद रु ५,००० ट्रफी, मेडल र प्रमाणपत्र रहेको थियो भने खेल का उत्कृष्ट खेलाडी पुरुष तथा महिला लाई रु ५,००० नगद यसै गरि उदयमान खेलाडी पुरुष तथा महिला क्रमश ५,००० साथै सम्पुर्ण बीजेता खेलाडी लाई मेडल तथा प्रमाणपत्र समेत रहेको थियो ।
यो खेल बिभिन्न तौल समूह म बिभाजन गरेर खेलाइएको थियो ।

यही मिति २०७९ पौष १६ गते सनिबार भएको खेल मा जूनियर कराते खेलाडी को रोमांचक प्रतिस्पर्धा भएको थियो उक्त खेल बुढिगंगा गाउपालिका वडा नं एक को नरग्राम स्कूल को प्रांगण मा बिहान ९ बजे बाट सुरू भएर बेलुका ९ बजे सम्ममा सम्पन्न भएको हो ।
यस खेल को आयोजना भने न्यु सेप कराते एकेडेमी तथा टंकिसिनवारि डोजो ले गरेको न्यू सेप जिम का संचालक तथा यस खेल का सभापति रिक्कि राना मगर ले जानकारि दिए ।

यस कार्यक्रम को अध्यक्षता न्यु सेप कराते एकेडेमी का संचालक साथै रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी प्रभाकर राना मगर (रिक्कि)ले गर्नु भएको थियो यसैगरी यस कार्यक्रम मा प्रमुख अतिथि बुढिगंगा गाउपालिका का अध्यक्ष जीत नारायण थापा मगर बीशीस्ट अतिथि नेपाल ससस्त्र प्रहरी डि एस पी तथा अतिथि हरु नेपाल का प्रमुख प्रशिक्षक कराते महासंघ मोरङ का अध्यक्ष भानु यादव, पूर्व नेपाल का प्रशीक्षक शोभित राज प्रशाई, बूढ़ीगंगा गाउपालिका वडा का वडा अध्यक्ष हरु साथै बिभिन्न राजनीतिक दल का नेता समाज सेवी तथा खेलकुद प्रेमी हरु को बाक्लो उपस्थिति थियो ।
यश खेल मा ४०० भन्दा बढि खेलाडि को सहभागिता रहेको थियो
खेलकुद को बारेमा बोल्दै यस खेलका प्रशीक्षकहरु ले यो खेल अहिले सम्म कै प्रदेश एक को उत्कृष्ट आयोजना भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर