काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री आफूले पाउनुपर्ने माग गरेको छ । यहो हुन नसके उपप्रधानमन्त्रीसहित भौतिक योजना मन्त्रालय लिएर समेत सहमति गर्न सकिने पार्टीले अडान राखेको छ ।

पार्टीले उपसभामुख पनि मागेको छ । पार्टीले श्रम मन्त्रालय पनि मागेको छ । अन्य २ मन्त्रालय पनि मागेको पार्टीले अरु मन्त्राल तोकेको भने छैन । पार्टीले गृह वा भौतिक योजना मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको भए पनि श्रम मन्त्रालय भने रोजाइको हो जसमा विकल्प पनि हेर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर