काठमाण्डाै – फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अर्जेन्टिनाले यसपालिसहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ ।
कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर