१४ भाद्र २०७७, आइतवार
बेलायतमा रहेका नेपाली मुलका र नेपाली इन्जिनियर हरुको सस्था सोनेयुकेको अधिबेसन सम्पन्न भएको छ । अधिवेशनले संयुक्त श्रेष्ठको अध्यक्षतामा नयाँ समितिको चयन गरेको छ । सोनेयुकेको महासचिवमा बिदुर घिमिरे सचिवमा रोशन भट्टराई चयन हुनु भएको छ । उपाध्यक्ष र कोशाध्यक्ष निर्बिरोध चयन भएको थियो । सोनेयुकेले ४ सदस्य सहित ९ जनाको कार्यसमिती चयन् गरेको हो । सोनेयुमा हाल वेलायतभित्र २४२ जना सदस्य रहेकोमा अनलाईन भोटिग मार्फत २४१ सहभागि भएका थिए ।
बेलायतमा रहेका सम्पूर्ण नेपाली मुलका इन्जिनियरहरुको यो संस्थाले नेपालको इन्जिनियरिङ्ग क्षेत्रमा ठुलो योगदान पुर्याउन सक्ने कुरा इन्जिनियर राम राज शर्माले बताउनु भयो ।
निबर्तमान अधक्ष्य शैलेन्द्र काजी श्रेष्ठको अधक्ष्यतामा सम्पन्न भएको उक्त अधिबेशन जुमद्धारा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर