मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापाले हार स्विकारेका छन्।

उनी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) सँगको प्रतिस्पर्धामा थिए। डिनाले सुरू देखि नै अग्रता लिँदै आएका छन्।

बिहीबार बिहान ट्विट गर्दै कमल थापाले पराजयलाई सहर्ष स्विकारेको बताएका छन्। उनले मतदातालाई आभार व्‍यक्त गरेका छन्।

उनले पराजय भएपनि देश र जनताको हितमा सक्रिय रहिरहने बताए।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरूरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ उनले भने, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर