भारतीय टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’की अभिनेत्री सुमोना चक्रवर्ती गत साता दार्जिलिङ घुमघाममा थिइन् । नेपालीभाषीको सघन बसोबास रहेको दार्जिलिङमा उनले नेपाली भाषा सिक्ने प्रयास समेत गरिन् । चियाबगानमा पुगेर चिया टिपिरहेका महिलासँग भलाकुसारी गरिन् ।

भारतीय टीभी जी-जेस्टले सार्वजनिक गरेको एक भिडियोमा सुमोनाले चियाबगानमा पुगेर चिया टिपिरहेका महिलालाई कुनै एक नेपाली गीत गाउन आग्रह गरेकी छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनको आग्रहपछि ती महिलाहरुले नेपाली गीत ‘चियाबारीमा हो चियाबारीमा’ गाउँछन् । यो गीत सुनेर सुमोना मक्ख समेत परेकी छन् । त्यसपछि सुमोनाले ती महिलासँगै चियाबारीमा गीत पनि गुन्गुनाउँछिन् ।

भिडियो हेर्दा यो टेलिभिजन कार्यक्रम छायांकनजस्तो पनि देखिन्छ । सुमोना द कपिल शर्मा शोबाट नेपालमा समेत चर्चित छिन् । यो शोका सबै सिजनमा उनले काम गरेकी छन् । उनले उक्त कार्यक्रममा कपिल शर्माकी पत्नीको भूमिका पनि निर्वाह गरेकी छिन् ।अनलाईनखवरवाट

प्रतिक्रिया

सम्बन्धित खवर