आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘जिताएर पठाएमा मन्त्री बनाउने’ आश्वासन धेरै देखियो ।
चुनाव प्रचारका लागि निर्वाचन आयोगले अनुमति दिएयता प्रमुख दलका शीर्ष नेताले देशदौडाह गरे । यस्तोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि रहे ।

आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘आफनो उम्मेदवारलाई जिताएर पठाएमा मन्त्री बनाउने’ आश्वासन धेरै देखियो ।
मन्त्री बनाइदिने आश्वासन बाँड्नेमा प्रचण्ड सबैभन्दा अघि देखिए । कर्णालीदेखि पूर्वसम्म पुग्दा उनले धेरै उम्मेदवारलाई जिताइदिए मन्त्री बनाउने घोषणा गरे । यसको सुरुवात उनले काठमाडौंबाट गरेका थिए । ३० असोजको चुनावी कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘ओनसरीलाई जिताए एउटा राम्रो बिकासे मन्त्रालयको मन्त्री बनाएर पठाउने जिम्मा मेरो ।’

यसपछि उनी कर्णाली पुगे । त्यहाँ उनले कालीकोटबाट उम्मेदवार रहेका महेन्द्रबहादुर शाही र जुम्लाबाट उम्मेदवार रहेकी गोमा कुँवरलाई मन्त्री बनाउने वचन दिए । पूर्वतिर जाँदा उनले सुनसरी– १ का आफ्नो पार्टीका उम्मेदवार मुक्सामहाङ सुब्बा र भोजपुर पुगेर सुदन किरातीलाई पनि मन्त्री बनाउने आश्वासन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर