
पुष २९ गतेदेखि प्रदर्शन हुन लागेको रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक प्रतियोगिता घोषणा गरेको छ । अघिल्लो साता सार्वजनिक भएको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमाथि निर्माण टिमले टिकटक प्रतियोगिता आयोजना गरेको हो । यो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले नगद पुरस्कार प्राप्त गर्ने निर्देशक पौडेलले जानकारी दिए