२० कात्तिक, काठमाडौं । सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य छापावल प्रतितोला ९४ हजार ५ सय, तेजावी ९४ हजार र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ प्रतितोला तोकिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत शुक्रबार छापावल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६ सय र चाँदीको मूल्य १२ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।

केही समययता सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमै उतार चढाब भइरहेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर